किसानहरूलाई रैथाने वाली प्रवर्द्धन कार्यक्रम
–आधुनिक कृषि उपकरणहरू हस्तान्तरण

नुवाकोट- आधुनिक प्रविधिमार्फत कृषिमा उत्पादनमा वृद्धि गर्ने उद्देश्यले नुवाकोटको सूर्य गढी गाउँपालिकामा ’रैथाने बाली प्रवर्द्धन कार्यक्रम’ सञ्चालन भएको छ । कार्यक्रमअन्तर्गत किसानहरूलाई आधुनिक कृषि उपकरणहरू प्रदान गरिएको छ ।
रैथाने बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत आधुनिक तरिकाले अर्ग्यानिक खेती उत्पादनमा जोड दिइएको छ । किसानलाई उत्साह जगाउँदै छनोट भएका किसानहरूलाई आधुनिक कृषि उपकरणहरू प्रदान गरिएको सुर्य गढी गाँउपालिका चोकदेले जनाएको छ ।
किसानहरूलाई २४ थान कम्बाइन मिल तथा मल्टीक्रप थ्रेसर सूर्य गढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले, उपाध्यक्ष मञ्जु बुढाथोकी (ढकाल)लगायतले हस्तान्तरण गर्नुभयो । अधयक्ष घलेले उत्पादन बढाइँ कृषिमा आत्मनिर्भर भई रैथाने बालीलाई प्रमुखता दिन किसानहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शैलेशकिरण राई चाम्लिङ, सम्बन्धित कृषि शाखाका प्रमुखसहित सर्वसाधारण, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । सुर्य गढीमा धान, मकै, गहुँ, तरकारी तथा अन्य बालीहरू उत्पादन हुने गरेका छन् ।





प्रतिक्रिया राख्नुहोस्