गीतकार भूसालका सन्देशमूलक दुई गीत सार्वजनिक

काठमाडौँ- नेपाल सरकारका सहसचिव डा. भीष्मकुमार भूसालका गीतहरूको श्रृङ्खलामा अरु दुई गीत थपिएका छन्।

उनको रचनाका “वाचा”, “यो प्रण”, “अब उठ जाग”, “उड्ने चरी” पछि आफ्नो जन्मदिन एवं गणतन्त्र दिवसको अवसरमा उनको जागरण गीतको पाचौं श्रृंखला “स्वर्ग यहीं लुकेको छ” र छैठौं प्रस्तुति ज्येष्ठ नागरिकको भावना एवं जीवन पस्किएको “थरिथरि पात झरे” यही जेठ १५ गते सार्वजनिक भएको हो। डा. भूसालका सिर्जना सन्देश र प्रेरणाले भरिएका हुन्छन्।

गैरे सुरेशको सङ्गीत रहेको स्वर्ग यहीँ लुकेको छ बोलको जागरण गीतमा स्वरूप राज आचार्य, रूपा गुरुङ, अन्जली राई र रमिला मगरले स्वर दिएका छन्।

यस गीतले नेपाल बनाउने देवदूत अरु कोही हैन, हामी प्रत्येक नेपाली हौं भन्ने वास्तविकतालाई स्वीकार गरेर राष्ट्र निर्माणमा सबैजना जुट्न र यो देशलाई स्वर्ग जस्तै सुन्दर बनाउन प्रेरणा दिने गीतकार भुसालले बताउनु भयो ।

रामकृष्ण ढकालको स्वर, बिबि अनुरागीको एरेन्जमा उत्तम पौडेलको सङ्गीत रहेको “थरिथरि पात झरे” बोलको गीतले वृद्धावस्थामा हुने मनोदशा प्रस्तुत गर्दै आफू पनि कुनै दिन बुढो भइन्छ भन्ने कुरालाई मनन गराउन  र ज्येष्ठ नागरिकहरूलाई दुःखी हुन दिन नुहुने सन्देश दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.