१४औं कर्मचारी खेलकुद प्रतियोगिता भोलिदेखि सुरु हुँदै

काठमाडौँ- काठमाडौमा भोलिदेखि अर्थात जेठ २१ गतेदेखी २८ गतेसम्म १४औं कर्मचारी खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपालले आयोजना गर्ने प्रतियोगितामा फुटस, ब्याडमिन्टन, टेबलटेनिस अन्तर्गत विभिन्न विधाका खेलहरु आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा दिइयो ।

प्रतियोगितामा नेपाल सरकारका पूर्ण र आंशिक स्वामित्वमा रहेका सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्था, वित्त कम्पनी, दूरसञ्चार सेवा प्रदायक कम्पनी र वायुसेवा कम्पनी समेत १५ वटा संस्थाका ३१८ जना कर्मचारी प्रतिस्पर्धा गर्ने भएका छन् ।

यसअघी सार्वजनिक संस्थान खेलकुद विकास संघका नाममा यस्तो प्रतियोगिता आयोजना हुँदै आएको थियो । राष्ट्रिय खेलकूद परिषद्मा दर्ता नविकरण गर्नकालागि संस्थाको उद्देश्य, क्षेत्र र नाम परिवर्तन गरिएको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.