टेलिभिजन सम्वाददाता भट्ट पुरस्कृत

नुवाकोट – आम सर्वसाधारणमा सचेतना फैलाउन पत्रकारितामार्फत योगदान पुर्याएवापत नेपाल टेलिभिजनका नुवाकोट सम्वाददाता देवचन्द्र भट्टलाई सम्मानसहित पुरस्कृत गरेको छ ।
आयोजक यशोदादेवी÷भगवानसिंह केसी मेमोरियल ट्रस्टले भट्टलाई एक कार्यक्रमकाविच पुरस्कृत गरेको हो।
सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उहाँलाई सम्मान तथा पुरस्कार प्रदान गर्नु भयो ।
पश्चिम बागमतीलाई आधार बनाएर २५ वर्षदेखि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रको विकास तथा प्रवर्द्धनमा पत्रकारितामार्फत योगदान गरेको मूल्याङ्कन गर्दै ट्रस्टले सम्वाददाता भट्टलाई नगद १० हजार रुपैयाँ राशिसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मानित गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्