मिर्चैया नगरपालिकाको १५ औं नगरसभा सम्पन्न

शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा जोड 

 सिरहा- मिर्चैया, २०८२/०८३ – मिर्चैया नगरपालिकाको १५औं नगरसभा सम्पन्न भएको छ।  अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु. ७० करोड ११ लाख ७१ हजार ८२३ को बजेट पारित गरेको छ।

कार्यक्रममा मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय श्री संजय कुमार यादव प्रमुख अतिथिको रूपमा सहभागी हुनुभयो।मन्त्री यादवले आफ्नो सम्बोधनमा स्थानीय तहद्वारा सञ्चालित दिगो विकास तथा वातावरणमैत्री पहलहरूको सराहना गर्नुभयो। उहाँले योजनाहरू समावेशी र स्थानीय आवश्यकता अनुरूप बनाउन जोड दिनुभयो।

नगर प्रमुख  श्रवण कुमार यादवले विगत वर्षका प्रमुख उपलब्धिहरू प्रस्तुत गर्दै आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो। उहाँले नगरवासीहरूको विश्वास र सहभागिताले नै मिर्चैया नगरपालिका दिगो विकासतर्फ अघि बढिरहेको बताउनु हुँदै  शिक्षा क्षेत्रमा विशेष प्राथमिकता यस वर्षको बजेटमा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।

 

नगरपालिकाका सबै वडाका सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने योजना प्रस्तुत गरेको छ। यसका लागि  ५० लाख रुपैयाँ स्वयंसेवक शिक्षक व्यवस्थापनका लागि विनियोजन गरिएको छ। विज्ञान विषय अध्ययन गर्ने प्रत्येक विद्यार्थीलाई रु. १०,००० प्रोत्साहन स्वरूप अनुदान दिइने छ।

साथै, शिक्षकहरूको दक्षता अभिवृद्धि तालिम कार्यक्रमका लागि १० लाख रुपैयाँ छुट्याइएको छ। स्वास्थ्य क्षेत्रमा सुधार र सेवा विस्तार नगर प्रमुख यादवले सर्पदंशबाट हुने मृत्यु न्यूनीकरण गर्न मिर्चैया अस्पतालमा विशेष उपचार सेवा उपलब्ध गराउने योजना रहेको बताउनु भयो ।  यसका लागि प्रदेश सरकारसँग सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य बीमा तथा जोखिमयुक्त रोगहरूको निःशुल्क उपचार व्यवस्था गरिने घोषणा पनि सभामा गरियो।

कृषि र पूर्वाधारमा ठूला लगानी कृषकलाई सशक्त बनाउन हालसम्म ४० वटा बोरिङ्गको स्थापना भइसकेको र थप कार्य प्रक्रियामा रहेको सभामा जानकारी गराइयो । सिंचाइका लागि प्रयोग हुने पानीको सम्पूर्ण बिल मिर्चैया नगरपालिकाले तिर्ने निर्णय गर्नुका साथै  नगरको मुख्य बजार व्यवस्थापनको लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.