चितवनमा भीरबाट हामफाल्दा: श्रीमतीको ज्यान गयो, श्रीमान् गम्भीर घाइते

चितवन – चितवनको राप्ती नगरपालिका–४ चौकी डाँडामा पारिवारिक विवादले दुःखद मोड लिँदा एक दम्पतीले भीरबाट हाम फालेका छन्। घटनामा श्रीमतीको ज्यान गएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ४७ वर्षीय लीलाबहादुर प्रजा र उनकी ४२ वर्षीया श्रीमती कुमारी प्रजाबिच मङ्गलवार घरमा सामान्य भनाभन सुरु भएको विवाद झगडामा परिणत भएको थियो। त्यसपछि कुमारी “मर्छु” भन्दै घरबाट निस्किएपछि श्रीमान् पनि साथमा गएका थिए।
दुवै जना राप्ती नगरपालिका–४ स्थित खहरे खोलाको भीरबाट एकैसाथ हाम फालेका थिए। घटनामा कुमारी प्रजाको घटनास्थलमै मृत्यु भएको पुष्टि चितवन प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिनुभयो।
घटनामा श्रीमान् लीलाबहादुरको बायाँ कानबाट रक्तस्राव भएको र काँधमा चोट लागेको जनाइएको छ। उहाँको गम्भीर अवस्थामा भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया राख्नुहोस्