चलचित्र छायाङ्कनको गन्तव्य बन्दै नुवाकोट

नुवाकोट-  मनोरञ्जन बजार तताउँदै गएको चलचित्र उद्योग उकालो लाग्दो छ । चलचित्र क्षेत्रलाई आवश्यक नयाँ र मनमोहक स्थानको खोजीसमेत हुने गरेको छ ।

सोही स्थानको खोजीमा रहेकाहरूलाई अव काठमाडौँ नजिकै रहेको गन्तव्य नुवाकोट उङ्दै गइरहेको छ । नुवाकोटमा चलचित्र, टेलिचलचित्र, हास्य टेलि सिरियललगायतको छायाङ्कन हुन थालेका छन् ।

यातायात तथा मोटरवाटोको उपलब्धता, आवश्यकता अनुसारका दृश्य तथा आर्थिक भारसमेत कम पर्ने भएका कारण दृश्यका पारखीहरूको गन्तव्य नुवाकोट हुँदै गइरहेको छ । नुवाकोटको विभिन्न स्थानमा प्राकृतिक सम्पदा, पर्यटकीय स्थान, विभिन्न धार्मिक  स्थल, नदी नाला तथा झरनाहरूका कारण चलचित्रका पारखीहरू लोभिन थालेका छन् ।

अझै नुवाकोट काठमाडौँवाट यातायातको दुरीमा नजिकै छ । माछापोखरीवाट बिहान चिया पिएर निस्केको व्यक्ति दुई घण्टा पनि नबित्दै नुवाकोटको विदुरमा खाना खाने समयमा पुगिसकेको हुन्छ ।

नुवाकोटका विभिन्न स्थानमा हालसम्म २० भन्दा बढी चलचित्र, १५ भन्दा बढी टेलिचलचित्र तथा हास्य विद्याका सिरियलहरू छायाङ्कन भएर प्रदर्शनसमेत भइसकेका छन् । गोठालो, चुनौती, वडा नं. ६, भिजिलात्ते, कोही त छ, चम्पा चमेली, कान्छी म ट्याङट्याङ, सुनपानीलगायतका ठुलो पर्दाले नुवाकोटको दृश्य देखाइसकेका छन् ।

यस बाहेक अरू कतिपय ठुलो पर्दाका चलचित्रले नुवाकोटको दृश्य कैद गरिसकेका छन् । कतिपयले आंशिक, कतिपयले शतप्रतिशत नुवाकोटकै दृश्य खिचेका छन् ।

यही क्रममा पछिल्लो पटक नेपालका चर्चित कलाकारलाई लिएर एक चलचित्रले नुवाकोटको दृश्य कैद गरेको छ । नेपालको वास्तविक कथा चित्रण गरेको हलीको शिर्षगीत नुवाकोटमा छायाङ्कन गरिएको छ ।

चर्चित कलाकार ओम प्रतीक गुरुङले निर्देशन गरेको चलचित्र हलीको शिर्षगीत नुवाकोटको सुर्यगढी गाउँपालिका ५ गणेश स्थानको फाँटमा छायाङ्कन गरिएको छ । हली हो हली हो भन्ने वोलको उक्त गीत गणेश स्थानमा तीन दिन लगाएर खिचिएको हो ।

यस गीतमा चर्चित कलाकारहरूको अभिनय रहेको छ । अभिनेता दिलीप रायमाझी, किरण केसी (राता मकै), प्रियङ्का कार्की, दिपाश्री निरौला, पूजा शर्मालगायतका कलाकारहरूले रोपाई गर्दै उक्त गीतमा अभिनय गरेका छन् ।

‘रैछ्यौ तिमि त रुपैकी धनी, चानस पाए त डान्स गर्दिन्थे म नि’ वोलको शिर्षगीतमा चर्चित कलाकारहरूले अभिनय गरेका हुन् । ‘लालुपाते फुलेरलाल भयो, लगन जुराउं भन्दैमा साल गयो’ वोलको उक्त गीतको शब्द– जस्मिन श्रेष्ठ ’ज्यान्भीस’ ले गरेका हुन् ।

यस शीर्ष गीतमा  बाबुल गिरीको सङ्गीत र ए रेन्ज रहेकोमा बाबुल गिरी र शान्त श्री परियारको आवाजलाई  समूह गायनतर्फ आयुस खतिवडा, दिनेश राजवाहक,  मनु पुरी र  नितु पौडेल रहेका छन् । उक्त गीत दिनेश राजवाहकले  रेकर्ड गरेका हुन् ।
सो गीतमा नुवाकोटको गणेश स्थान, चौघडा आसपासका दृश्य समेटिएका छन् । चलचित्रको उक्त गीत छायाङ्कनको क्रममै सहभागी दर्शकहरूले निकै रुचाएको पाइएको छ ।

चलचित्र हली कर्णाली प्रदेशको विभिन्न सेरोफेरोका साथै नुवाकोट, मकवानपुर, दोलखा र सिन्धुपाल्चोकमा छायाङ्कन गरिएको निर्माण पक्षले जनाएको छ ।

यस चलचित्रमा  नायक प्रमोद दीप, नायिका सुजाता थापालगायत प्रमुख पात्रहरूमा सरोज खनाल, ओम प्रतीक गुरुङ, विद्या कार्की, अरुणा कार्की, अर्जुन गुरुङ (भंगेरी डन), कमल गाउँले, नवीन श्रेष्ठ, विशाल पहारीलगायतले अभिनय गरेका छन् । यस चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

नुवाकोटको गणेश स्थानमा छायाङ्कन गरिएको हलीको शिर्षगति यही असार १३ गते सार्वजनिक हुदैछ । आगामी बडादसैँ र तिहारको छेकोमा प्रदर्शनमा ल्याउन लागिएको हलीको निर्माण नियन्त्रकमा  प्रकाशजंग कार्की, कार्यकारी निर्मातामा अर्जुन भुसाल, निर्मातामा पूजा गुरुङ (गर्र्वी) र जस्मिन श्रेष्ठ (ज्यान्भिस) रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.