गोरखामा ११ करोडको लिची बिक्री

गोरखा- गोरखाका किसानहरुले गत बर्षको तुलनामा यो बर्ष १ करोड १५ लाख रुपैयाँ बढीको लिची बिक्री गरेका छन् ।

गत बर्ष जिल्लाबाट १० करोडको लिची बिक्री भएकोमाा यस बर्ष ११ करोड १५ लाख रुपैयाँ बराबरको लिची बिक्री भएको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख प्रकास बस्ताकोटीले जानकारी दिए ।

यो बर्ष अनुकुल मौसम भएकोले पनि किसानले बढी उत्पादन भएको उनले बताए ।

प्रमुख बस्ताकोटीका अनुसार गत बर्षको तुलनामा यो बर्ष ७.५ प्रतिशतले उत्पादनमा बृद्वि भएको हो ।

गएको बर्ष १८० हेक्टर क्षेत्रमा १ हजार ५९७.३२ मेट्रिक टन लिची उत्पादन हुदा गोरखाका किसानहरुले कम्तीमा पनि १० करोड रुपैयाँ जिल्लामा भित्राउन सफल भएको थियो भने यो बर्ष १८७ हेक्टर जमिनमा १ हजार ७१६.६६ मेट्रिक टन लिची उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ ।

उत्पादित लिची गत बर्षकै औषत मूल्य ६५ रुपैयाँ प्रति केजी बिक्री गर्दा पनि किसानहरुले ११ करोड १५ लाख रुपैयाँ हातपार्न सफल भएको प्रमुख बस्ताकोटीले जानकारी दिए ।

गोरखामा लिची खेतीको लागी पालुङटार नगरपालिकालाई पकेट क्षेत्रको रुपमा चिनिन्छ । पालुङटार नगरपालिको वडा नम्बर ६, ७ र ८ मात्रै जिल्ला कुल उत्पादनको ८० प्रतिशत लिची उत्पादन हुने गरेको छ ।

यी वडाहरुमा मात्रै करिब ३० हजार लिचीको बोट रहेको अनुमान कृषि ज्ञान केन्द्रको रहेको छ । पालुङटार नगरपालिका भित्र १५० हेक्टर जमिनमा लिची खेती रहेको छ । यो बर्ष अझै लिची खेती गर्ने किसान र क्षेत्रफल बढेकोले आगामी बर्ष अझै धेरै उत्पादन र क्षेत्रफल बढ्ने छ ।

जिल्ला भित्र करिब १ हजार ५०० किसान ब्यवसायीक लिची खेतीमा आबद्व भएको अनुमान छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.