लिभरपुल र पोर्चुगलका फरवार्ड डिआगो जोटाको कार दुर्घटनामा मृत्यु

काठमाडौं- लिभरपुल र पोर्चुगलका फरवार्ड डिआगो जोटाको २८ वर्षको उमेरमा कार दुर्घटनामा मृत्यु भएको छ । जोटा र उनका दाजु आन्द्रे सिल्भा सवार ल्याम्बोर्गिनी कार स्पेनको जामोरा प्रान्तमा दुर्घटनाग्रस्त हुँदा उनिहरुको मृत्यु भएको हो ।
बिबिसीका अनुसार, प्रि-सिजन प्रशिक्षणका लागि जोटा लिभरपुल फर्कँदै थिए । यसअघि जोटाको एउटा सानो शल्यक्रिया गराएका कारण डाक्टरको सल्लाहमा हवाई यात्रा नगरी कारमार्फत यात्रा गरिरहेका थिए ।
जोटाले दुर्घटनाको ११ दिनअघि मात्रै आफ्नी प्रेमिका रुटे कार्डोसोसँग विवाह गरेका थिए । उनीहरूका तीन सन्तान छन् ।
लिभरपुल क्लबले जोटाको मृत्युलाई “क्लबको सीमाभन्दा परको एक त्रासदी” भनेको छ । समर्थकहरूले एन्फिल्ड रंगशालाबाहिर उनिहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
जोटा र उनका दाजुको सम्झनामा शुक्रबार दिउँसो पोर्चुगलको पोर्टोमा श्रद्धाञ्जली सभा हुनेछ र शनिबार अन्त्येष्टि गरिने बिबिसीले उल्लेख गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्