विद्युत् खपत अभिवृद्धिका लागि प्रोत्साहन नीति ल्याउन अध्यक्ष घिसिङको सुझाव
काठमाडौँ-उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशभित्रै उत्पादित विद्युत्को खपत बढाउन प्रोत्साहन नीति ल्याउन सरकारलाई सुझाव दिनुभएको छ ।
आज आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले विद्युत् महसुललाई थप न्यायोचित, प्रगतिशील र उपभोक्तामैत्री बनाउँदै लैजान सुझाव दिनुभएको हो । आगामी आर्थिक वर्षको बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि पाँच प्रतिशत कर लगाउने व्यवस्थाले स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानलाई कमजोर बनाउन सक्ने उहाँले आशङ्का व्यक्त गर्नुभयो ।
यसबाट विद्युतीय चुलोलगायत उपकरणको प्रयोग घटाएर पुनः एलपी ग्यासतर्फ निर्भरता बढाउने जोखिम रहेको अध्यक्ष घिसिङको धारणा छ ।






प्रतिक्रिया राख्नुहोस्