प्रधानमन्त्री ओलीको भारतको औपचारिक भ्रमण आगामी भदौमा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक भ्रमण निश्चित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उहाँको भ्रमणको मिति करिब निश्चित भएकाले परराष्ट्र मन्त्रालय तथा अन्य सरोकार भएका मन्त्रालय र निकायले आ–आफ्नो तयारी सुरु गरेका परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

भ्रमणको मिति भने मन्त्रालयले उपयुक्त समयमा सार्वजनिक गर्ने उहाँले बताउनुभयो । भ्रमण भदौमा हुने बुझिएको छ ।

सो भ्रमण भदौको अन्तिममा हुने भनी विभिन्न संचार माध्यमले उल्लेख गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.