रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउँदै

पाल्पा- जिल्लाको रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गर्ने भएको छ ।

नगरपालिकाले नगरभित्र रहेका धार्मिक, ऐतिहासिक, पुरातात्त्विक , आर्थिक, सामाजिक, पर्यटन ,भूगोल लगायतका विषयलाई समेटेर “हाम्रो रामपुर” नामक पाठ्यपुस्तक निर्माण गर्ने भएको हो । नगर सरकारले पुस्तक तथा सन्दर्भ सामग्री निर्माणका लागि कार्यदल गठन गरी सूचना सङ्कलन कार्यशाला सम्पन्न गरेको छ । पुस्तक तथा सन्दर्भ सामग्री लेखन कार्यदलले नगरपालिका भित्रका १० वटै वडामा सूचना सङ्कलन कार्यशाला सम्पन्न गरेको छ ।

विद्यार्थीहरूलाई समग्र रामपुर नगरपालिकाको विषयमा जानकारी गराई पठनपाठनमा एक रुपता ल्याउनका लागि स्थानीय पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री निर्माण गर्न लागिएको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । कार्यदलले विभिन्न ८ वटा विषयवस्तुमा आधारित रहेर सुझाव सहित सूचना सङ्कलन गरेको छ । कार्यदलले प्रत्येक वडा तथा बस्तीको भूगोल र इतिहास , स्थानीय सरकार , सांस्कृतिक सम्पदा , वन वातावरण, पर्यटन, सामाजिक विकास, विपद् व्यवस्थापन गरी ८ वटा विषयवस्तुमा रहेर पाठ्यक्रम तयार पारेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.