“सातौँ इन्टर भूपू ब्याडमिन्टन प्रतियोगिता” सुरु

सुनसरी- सुनसरीको धरानमा आज देखी भारतीय राजदूतावास, पेन्सन वितरण कार्यालय, धरणाको आयोजनामा सातौँ इन्टर भूपू समिति ब्याडमिन्टन प्रतियोगिता २०८२ सुरु भएको छ ।
धरान स्थित नेपाल प्रहरीको ब्याडमिन्टन कोर्टमा सुरु भएको प्रतियोगितामा झापा, मोरङ, धनकुटा, सुनसरी, उदयपुर, गाईघाट, बेलबारी, विराटनगर, धरान, गाई घाट, ताप्लेजुङ लगायतका स्थानबाट १२ भूपू सैनिक टिमका १ सय १० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन पेन्सन वितरण कार्यालय धरानका प्रमुख तथा भारतीय सेनाका मेजर भरत कनौजियाले गर्नु भएको थियो । कार्यक्रम उद्घाटन गर्नु हुँदै प्रमुख मेजर कनौजियाले सैनिकको शारीरिक, मानसिक तथा आपसी सम्बन्ध मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।
प्रत्येक वर्ष आयोजना हुने यो ब्याडमिन्टन प्रतियोगितामा भारतीय सेनामा काम गरी सेवानिवृत भएका भूपू सैनिकहरूको आपसी मेलमिलापको रूपमा समेत लिइँदै आएको छ ।





प्रतिक्रिया राख्नुहोस्