पाल्पामा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने हुदै

पाल्पा-   पाल्पामा यही साउन २८ गतेदेखि भदौ १ गतेसम्म क्लब स्तरीय भएको छ ।
रणउर्जेश्वरी भगवती जात्राको अवसरमा तानसेनको टुँडिखेल मैदानमा रणउज्जेश्वरी भगवती कप भलिबल प्रतियोगिता हुन लागेको हो । पाल्पामा हरेक वर्ष विजय उत्सवका रूपमा मनाइने रणउज्जेश्वरी भगवती रथयात्राको अवसरमा ‘दोस्रो रणउज्जेश्वरी भगवती कप २०८२’ प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष कृष्णबहादुर आलेले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुष भलिबलतर्फ प्रथम हुनेले एक लाख ७५ हजार, द्धितिय हुनेले एक लाख २५ हजार, तृतीय हुनेले ६० हजार र सान्त्वना हुनेले ३० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै महिला भलिबलतर्फ प्रथम हुनेले ३० हजार, द्धितिय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुनेले ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा पुरुष भलिबलतर्फ ८ देखि १० टिम र महिलातर्फ कम्तीमा ५ टिमको सहभागिता रहने आयोजक क्लबका सचिव दीपक चौहानले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.