कृषि मल आपूर्ति र उत्पादनवृद्धिका लागि प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल आपूर्ति र उत्पादनवृद्धिका लागि तीन बुँदे निर्देशन दिनुभएको छ।
आज सिंहदरबारमा कृषि तथा उद्योगमन्त्रीसहित सम्बन्धित अधिकारीहरूसँगको गहन छलफलपछि प्रधानमन्त्रीले तीन दिनभित्र कार्यान्वयनका लागि ठोस योजना तयार गर्न निर्देशन दिनुभएको हो।
रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त-दुरुस्त बनाउन नयाँ ढाँचासहितको योजना ल्याउनुपर्ने, कम्पोष्ट र अर्ग्यानिक मलको उत्पादन तथा प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन गर्दै यसमा अनुदान नीतिको प्रस्ताव ल्याउनुपर्ने र माटोको उर्वरता जोगाउने खालको रासायनिक मल उत्पादन गर्ने कारखाना नेपालमै खोल्ने सम्भाव्यता अध्ययनको खाका तयार गर्न प्रधानमन्त्रीले निर्देशन दिनु भएको उहाँको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीज्यूले कृषि क्षेत्रको उत्पादकत्व वृद्धि र किसानको हितका लागि तत्काल प्रभावकारी कदम चाल्न सम्बन्धित निकायलाई आह्वान गर्नुभएको छ।






प्रतिक्रिया राख्नुहोस्