गोरखामा रहेको यातायात शाखाले ६ करोड राजश्र्व सकलन

गोरखा– गोरखा सदरमुकाममा रहेको यातायात शाखाले गएको आर्थिक बर्षमा करिब ६ करोड राजश्व संकलन गर्न सफल भएको छ ।
सदरमुकाममा रहेको पूर्वाधार बिकास कार्यालय अन्तरर्गत रहेको यातायात शाखाले ५ करोड ५४ लाख १४ हजार ४७ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको हो ।
कार्यायलका सहायक प्रशासनिक अधिकृत विण्णु हरी धितालका अनुसार कार्यालयले अहिलेसम्मकै सर्वाधिक राजश्व संकलन गर्न सफल भएको हो ।
शाखामा आव ०८०–०८१ को तुलनामा आव ०८१–०८२ मा १ करोड २२ लाख २७ हजार ९८७ रुपैयाँ बढी राजश्व उठेको हो । आव ०८०–०८१ उक्त शाखाले ४ करोड ३१ लाख ८६ हजार ६० रुपैयाँ राजश्व संकलन गरेको थियो ।
अधिकृत धितालका अनुसार शाखाको राजश्व बृद्वि हुनुमा फरक प्रदेशको राजश्व समेत लिन थालेका कारण भएको बताउनु भयो।
शाखाले सवारी साधान कर, सवारी नविकरण, जाँच पास र रुट परमिट नविकरण तथा पटके गरी उक्त राजश्व संकलन गरेको हो ।
आव ०८१–०८२ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले पत्राचार गरी सवारी ऐन अन्तरर्गत कारवाही गनुपर्ने २ वटा सवारी साधानलाई समेत १५ हजार ५०० रुपैयाँ जरिबाना गरेको छ ।
गोरखामा यातायातको शाखा आउनु पूर्व तनहुँको डुम्रेमा रहेको यातायात कार्यालयबाट सेवा लिनुपर्ने बाध्यता रहेको थियो ।
अधिकृत धितालले सवारी साधनको बायोम्याट्रीककालागि अनलाईन सवारी दर्ता प्रमाणपत्र अर्थात ईभिआरएस सिस्टम गोरखामा जडान गर्न सके अझै गोरखा बासीले सेवा पाउने बताए । यही सेवाकालागि पनि अहिले तनहुँको डुम्रे पुग्नुपर्ने बाध्यता रही आएको छ ।






प्रतिक्रिया राख्नुहोस्