गोरखा चेम्बरले तेस्रो कृषि,पर्यटन तथा व्यापार मेला २०८२ गदै

गोरखा –  गोरखा चेम्बर अफ कमर्सले यसै वर्ष मेलाको आयोजना गर्ने भएको छ । ‘तेस्रो कृषि, पर्यटन तथा व्यापार प्रर्बधन मेला–२०८२’ नाम दिएको मेला सदरमुकामको खेलकुद मैदान हुने अध्यक्ष रामस्वरुप श्रेष्ठले बताउनु भयो।

मेला आउँदो पौष २५ गते देखी माघ ५ गतेसम्म सञ्चालनमा आउने छ । ११ दिनसम्म चल्ने मेलाले गोरखाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटनको विकासमा टेवा पुग्ने विश्वास लिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो  ।

उक्त मेलामा त्यस्ता खालका पर्यटकलाई भित्राएर पर्यटन प्रर्बधन तथा कृषि लगायत स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रर्बधन गर्ने लक्ष्य चेम्बर अफ कमर्सले लिएको छ ।

कमर्सलाई मेला सञ्चालन कोलागि हिजो मात्रै गोरखा नगरपालिकाले स्वीकृति पत्र प्रदान गरेको गोरखा चेम्बर अफ कमर्सका महासचिव अशोक राना मगरले जानकारी दिए । मेला सञ्चालन कोलागि नगरपालिकालाई तिर्नुपर्ने राजश्व समेत प्रदान गरिसकिएको उहँले बताउनु भयो ।

यसभन्दा अगाडी २ पटकसम्म दशैको बेला मेला चलाएको गोरखा चेम्बर अफ कमर्सले यो पटक भने पौष महिनामा सञ्चालनको तयारी गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.