मधेश प्रदेशका निजी अस्पतालमा स्वास्थ्यकर्मीहरुको आन्दोलन, सेवाग्राही समस्यामा

मधेश- मधेशका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन।

निजी स्वास्थ्य संस्थाहरूमा श्रमशोषण भएको भन्दै स्वास्थ्यकर्मीहरुले ८ सुत्रीय मागसहित आन्दोलन सुरु गरेका हुन ।

आफूहरू लामो समयदेखि न्यून तलब, असमान व्यवहार र असुरक्षित वातावरणमा काम गर्न बाध्य भएको उनीहरुको गुनासो छ ।

नेपाल सरकारको नियम अनुसार तलब स्केल लागु गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाका करारकर्मीलाई हटाई लोक सेवा आयोगबाट विज्ञापन गर्नुपर्ने, स्वास्थ्यकर्मीको बीमा र सुरक्षाको व्यवस्था गर्नुपर्ने, हप्तामा अधिकतम ४२ घण्टा मात्र कामको सीमा तोक्नुपर्ने माग स्वास्थ्यकर्मीहरुको छ ।

मन्त्रालयबाट पटक–पटक सूचना जारी भए पनि निजी अस्पतालहरूले कार्यान्वयनमा नल्याएकाले मनोबलमा गिराउने काम भएकोले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिएको स्वास्थ्यकर्मी नवेश अधिकारीले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए पनि हालसम्म कुनै ठोस पहल नभएको गुनासो स्वास्थ्यकर्मीहरुको छ ।

स्वास्थ्यकर्मीहरुको आन्दोलनले अस्पतालको सेवा प्रभावित भएको छ। सेवाग्राहीहरु समस्यामा परेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.