यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं –  आइसीसी विश्वकप लिग २ अन्तरगत जारी त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टस जितेर यूएईले पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

नेपालले आज टीममा एक परिवर्तन गर्दै अलराउन्डर गुल्शन झाको स्थानमा कुशल मल्ललाई प्लेइङ ११ मा स्थान दिएको छ ।

यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छ भने युएई एक खेलमा विजयी भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.