बाराको सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यू आदेश जारी

बारा – बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा प्रशासनले आज दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।

एमाले नेता महेश बस्नेत सिमरा आउने सूचना सार्वजनिक भएपछि विमानस्थल क्षेत्रमा जेनजी युवाहरूले विरोध प्रदर्शन गर्ने तयारी गरेसँगै तनावपूर्ण स्थिति सिर्जना भएकाले जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको हो।

प्रशासनका अनुसार भीड बढ्दै गएपछि सुरक्षा चुनौती पैदा भएको र सम्भावित अवाञ्छित घटना रोक्न कर्फ्यू जारी गरिएको बताइएको छ। कर्फ्यू अवधिभर सार्वजनिक आवागमन, भीडभाड तथा कुनै पनि प्रकारका विरोध प्रदर्शनमा प्रतिबन्ध रहने जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ।

घटनास्थल आसपासमा अहिले सुरक्षा बलको व्यापक उपस्थितिसहित निगरानी कडा बनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.