कास्की-२ बाट रास्वपाका उत्तमप्रसाद पौडेल निर्वाचित

काठमाडौँ-– प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी हुनुुभएको छ ।

उहाँको निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)की रश्मी आचार्यले सात हजार ४९३ मत प्राप्त गर्नुभयो ।

पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गर्नुभएका उत्तमप्रसाद पौडेल २०३८ फागुनमा कास्कीमा जन्मिनु भएको हो ।

उहाँले रेडियो र टेलिभिजन पत्रकारितामार्फत भ्रष्टाचार, बेथिति र सामाजिक विसंगतिविरुद्ध आवाज उठाउँदै आउनु भएको थियो ।

कुनैबेला हाल रास्वपाका सभापति रवि लामिछानेको चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा उहाँ पनि आवद्ध हुनुहुन्थ्यो  ।

सञ्चार क्षेत्रबाटै सुशासनको वकालत गर्दै आउनु भएका पौडेल स्नातक तहमा अध्यानरत हुनुहुन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.