मोरङ–६ मा रास्वपाकी रुबिना आचार्य निर्वाचित

काठमाडौँ- मोरङ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य निर्वाचित हुनुभएको छ ।

निर्वाचनको मतपरिणाम अनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

उहाँको निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका डा शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गर्नुभएको छ ।

विसं २०५१ सालमा जन्मिनु भएकी आचार्यले काठमाडौँ विश्वविद्यालयबाट एमबीए अध्ययन गर्नु भएको छ।

उहाँ नागरिक अधिकार, महिला सहभागिता र समावेशीताका मुद्दामा सक्रिय रहँदै आउनु भएको थियो। साथै उहाँले डा. गोविन्द केसी को चिकित्सा शिक्षा सुधार अभियानमा सहभागिता जनाउनुका साथै कोरोना महामारीका बेला सञ्चालन गरिएको ‘तातो भात अभियान’ लगायत विभिन्न सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो।

महिला उद्यमशीलता र नेतृत्व सशक्तीकरणका क्षेत्रमा पनि उहाँको विशेष योगदान रहेको छ। क्षमता विकास, मेन्टरिङ तथा प्रशिक्षणमार्फत महिलालाई नेतृत्वमा अघि बढाउन उहाँ निरन्तर सक्रिय रहँदै आउनु भएको छ।

अभियान तथा क्याम्पेनिङ, ब्रान्डिङ र प्रोजेक्ट व्यवस्थापनमा अनुभव हासिल गर्नुका साथै निजी क्षेत्रको संलग्नता र साझेदारी व्यवस्थापनमा पनि उहाँ दक्ष मानिनुहुन्छ।

फेमिनिस्ट नेतृत्व र सामाजिक न्यायप्रति प्रतिबद्ध उहाँ अन्तर्राष्ट्रिय फिल्म महोत्सव व्यवस्थापनको अनुभवसमेत बोकेको सक्रिय सामाजिक नेतृत्वकर्ताको रूपमा उहाँ चिनिनुहुन्छ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.