कैलाली–१ मा रास्वपाकी ज्ञवाली विजयी

घोडाघोडी (कैलाली)- कैलाली क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कोमल ज्ञवाली विजयी हुनुभएको छ ।
उहाँले १७ हजार ८२६ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका रामलाल डगोरा थारुले आठ हजार ३९२ मत प्राप्त गर्नुभएको छ ।
थारु समुदायमा ४ वर्ष महिला सशक्तीकरणमा सक्रिय नेतृत्व गर्नु भएकी ज्ञवाली नागरिक उन्मुक्ति पार्टीमा ३ वर्ष केन्द्रीय कोषाध्यक्ष—राजनीतिक संगठन र आर्थिक व्यवस्थापनमा दक्ष तथा युवा र महिलाको सशक्त प्रतिनिधित्व—सीमान्तकृत समुदायको आवाज उठाउने शिक्षित नेतृत्वकर्ताको रुपमा चिनिनुहुन्छ ।






प्रतिक्रिया राख्नुहोस्