धनुषा-४ बाट रास्वपाका राजकिशोर महतो विजयी

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजकिशोर महतो विजयी हुनुभएको छ ।

महतो ४८ हजार २७० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले १५ हजार ८०९ मत प्राप्त गर्नुभयो ।

धनुषाको बटेश्वर गाउँपालिकामा २०३१ सालमा जन्मिनु भएका महतो सामाजिक अभियन्ताका रूपमा समाजसेवामा सक्रिय रहँदै आउनु भएको छ।

उहाँले विए (B.A.) सम्म अध्ययन गर्नुभएको छ र हाल रास्वपा केन्द्रीय विभागका सदस्य हुनुहुन्छ।

उहाँ कोभिड-१९ महामारीको समयमा फ्रन्टलाइन संयोजकका रूपमा सक्रिय रहनु भएको थियो। त्यस बखत उहाँले हजारौँ स्वयंसेवक तथा स्रोत परिचालन गर्दै संकटको समयमा राहत वितरण, समन्वय र व्यवस्थापनमा दृढ नेतृत्व प्रस्तुत गर्नुभएको थियो।

शिक्षक, मेडिकल सेल्स तथा स्वास्थ्य सेवा व्यवस्थापनको क्षेत्रमा काम गर्दै सेवा सुधार र नतिजामुखी कार्यप्रवाहमा केन्द्रित अनुभव पनि उहाँसँग रहेको छ।

उत्पादन क्षेत्रमा निर्देशकका रूपमा काम गर्दै उहाँले टिम लिडरशिप, निर्णय क्षमता र संगठन सञ्चालनमा बलियो अनुभव हासिल गर्नुभएको छ।

साथै, Kabir Foundation of Nepal का अध्यक्षका रूपमा विपद् राहत, दलित तथा असहाय समुदायका लागि शिक्षा सहयोग, गरिब तथा विपन्नका लागि स्वास्थ्य सहायता र भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने कार्यमा निरन्तर योगदान दिँदै आउनु भएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.