रौतहट-२ मा काँग्रेसका डा फिरदोश आलम विजयी

काठमाडौँ- रौतहट-२ बाट नेपाली काँग्रेसका डा मो फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँले २९ हजार ५२८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गर्नुभएको छ ।
पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता मो अफताब आलमका छोरा डा आलम पेशाले चिकित्सक हुनुहुन्छ । उहाँ प्रहरी अस्पतालमा चिकित्सकको रुपमा नै कार्यरत हुनुहुन्थ्यो ।
३९ बर्षीय डा आलम पारिवारिक राजनीतिको विरासतलाई थाम्दै राजनीतिमा होमिनुभएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्