उदयपुर– १ मा रास्वपाका गेलाल विजयी

उदयपुर- उदयपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारसमणि गेलाल ३० हजार ५९० मत प्राप्त गरी विजयी हुनुभएको छ ।
श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राईलाई १८ हजार ९८४ मतान्तरसहित उहाँ निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का बलदेव चौधरीले १० हजार २१ मत, नेपाली कांग्रेसका विदुर बस्नेतले नौ हजार ६७५ र नेकपा (एमाले)का दुर्गाकुमार थापाले नौ हजार २०६ प्राप्त गर्नुभएको थियो ।
४० बर्षिय गेलाल स्वास्थ्य, शिक्षा र सामाजिक सुधार प्रवर्द्धन तथा पत्रकारितामा अनुभवी हुनुहुन्छ । शिक्षा, व्यवसायिक नेतृत्व र सामाजिक प्रतिबद्धतालाई एकीकृत गर्दै युवासशक्तिकरण, दिगो विकास र समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रेरक नेतृत्वकर्ता तथा बाताबरण अभियानकर्ताको रुपमा समेत उहाँ चिनिनुहुन्छ ।






प्रतिक्रिया राख्नुहोस्