सप्तरी–३ मा रास्वपाका चौधरी निर्वाचित

राजविराज-सप्तरी निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृत सीताराम आचार्यका अनुसार उहाँले ३२ हजार ८७५ मत प्राप्त गर्नुभएको छ ।
जनता समाजवादी पार्टी(जसपा) नेपालका उपेन्द्र यादवले १५ हजार २३९ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका दिनेशकुमार यादवले आठ हजार ४२८ मत प्राप्त गर्नुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्