त्रिशूली नदी किनारमा तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार

नुवाकोट- भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन् । त्रिशूली नदी किनारमा तीन वटा शव भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीको अनुसार त्रिशूलीको किनार सिमचउरमा दुई वटा र कोल्पुटारमा एक जनाको शव फेला परेको हो । शवको पहिचान भने भएको छैन । बाढीमा फसेका पाँच जनालाई उद्धार गरिएको छ ।

उनीहरूलाई विदुर नगरपालिका–४ स्थित चक्रदेव अस्पताल पुर्याइएको छ । बाढीले सडक र पुल बगाएकाले त्रिशूली अस्पतालसँगको सडक सम्पर्क विच्छेद भएको उहाँले जानकारी दिनुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.