सुनसरी-१ बाट हर्क साम्पाङ विजयी

काठमाडौँ-  सुनसरी-१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राई साम्पाङ विजयी हुनु भएको छ ।

साम्पाङले ३५ हजार ७४१ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गर्नु भयो ।

उहाँ ८ हजार ४ सय ९२ मतान्तरले विजयी हुनु भएको हो ।

विक्रम सम्वत् २०३९ फागुन १५ गते खर्तम्छा, खोटाङ्ग जन्मिनु भएका राईले बि.सं २०७६ सालको उपनिर्वाचनमा धरानको नगरप्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिँदै राजनीतिमा होमिनुभएको थियो ।

२०७९ को स्थानीय तह निर्वाचनमा धरानको उपमहानगरपालिकाको मेयर जित्नु भएका राई  श्रम संस्कृति पार्टी दर्ता गरेसँगै धरान उप महानगरको मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्नु भएको हो ।

त्यसअघि जेन्जी आन्दोलनपछि साम्पाङ प्रधानमन्त्री बन्न भन्दै काठमाडौं आउनु भएको थियो । प्रधानमन्त्री बन्न नपाएपछि पार्टी दर्ता गराउँदै आफु नै भावी प्रधानमन्त्री हुने भन्दै चुनावी अभियानमा होमिनु भएको थियो ।

वीएसम्मको अध्यान गर्नु भएका राईले  श्रम संस्कृतिलाई प्राथमिकतामा राख्नु पर्ने जोड दिँदै आउनु भएको छ ।

सामाजिक अभियन्ताको रुपमा राईले मेयर भएपछि धरानमा खानेपानी समस्या समाधानका लागि श्रम गरेर चर्चा बटुल्नु भएको थियो । राई सामाजिक संजालमा पनि उत्तिकै चर्चित हुनुहुन्छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.