राष्ट्रिय सभा संसदीय दलको नेतामा कमला पन्त
शाह, थापा र राई क्रमश: उपनेता, मुख्य सचेतक र सचेतक
काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतामा कमला पन्तलाई मनोनयन गरेको छ । काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेतामा पन्तलाई मनोनित गर्नुभएको हो ।
यसैगरी, काँग्रेसले प्रतिनिधि सभाका लागि उपनेतामा अभिषेक प्रताप शाहलाई मनोनित गरेको छ । कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा ७ (१) बमोजिम प्रतिनिधि सभाका लागि उपनेतामा शाहलाई मनोनित गरेको संसदीय दलले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
यसैगरी, प्रतिनिधि सभामा काँग्रेसको मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राई मनोनित हुनुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्