पूर्णबहादुरको कारवाही तामेलीमा, कान्छाराम जिल्ला सभापतिबाट निलम्बित

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको वैठकले पूर्व कार्यवहाक सभापति पूर्णबहादुर खडकालाई सोधिएको स्पष्टिकरणको प्रकृयालाई तामेलीमा राख्ने निर्णय गरेको छ ।

सर्बोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिने फैसला गरेसँगै खड्काको कारवाही प्रकृया स्वत: रोकिएको हो ।

यसैगरी, नेपाली काँग्रेस रामेछाप जिल्ला सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) लाई जिल्ला सभापति पदमा रही काम गर्न नपाउने गरी निलम्बन पनि अनुशासन समितिले गरेको छ।

पार्टी नेतृत्वका विरुद्धमा वदनियत राखी भ्रमपूर्ण र तथ्यहिन अभिव्यक्ति दिएको भन्दै तामाङलाई निलम्बन गरिएको काँग्रेसले जनाएको छ ।

साथै, काँग्रेसले गत फागुनको निर्वाचनमा पार्टी अनुशासन उल्लंघन गर्नेहरुलाई ७ दिनभित्र विभिन्न माध्यममार्फत स्पष्टिकरण बुझाउन पनि भनेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.