अमेरिकी विशेष दूत गोरद्वारा उच्चस्तरीय भेटवार्ता

काठमाडौँ–  दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोरले नेपाल  भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटवार्ता गर्नु भएको छ ।

नेपाल र संयुक्त राज्य अमेरिकाबीचको द्विपक्षीय साझेदारीलाई सुदृढ बनाउने विषयमा विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नुभएको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

विशेष दूत गोरले भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

ती भेटमा नेपालको प्रविधि क्षेत्रमा अमेरिकी व्यावसायिक अवसरको विस्तार र व्यापारिक सम्बन्ध प्रवर्द्धन गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको दूतावासले जनाएको छ । उहाँले नेपाली व्यवसायीसँग पनि व्यावसायिक सहकार्यका विषयमा सार्थक विचार विमर्श गर्नुभएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.