मधेस सरकारबाट जनमत पार्टीको समर्थन फिर्ता

महेन्द्रनगर– जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रदेश प्रमुखको कार्यालय जनकपुरधामले आज एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेस प्रदेश सरकारलाई जनमत पार्टीले दिएको समर्थन मिति २०८३ वैशाख २२ गतेदेखि फिर्ता लिएको ब्यहोरासहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भएको उल्लेख गरिएको छ । सो पत्र प्राप्त भएसँगै सम्बन्धित निकायलाई जानकारी गराइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.