ट्रेड युनियन खारेज गर्ने निर्णयमा सर्वोच्चको अल्पकालीन अन्तरिक आदेश
काठमाडौँ- ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिक आदेश जारी गरेको छ ।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल नेतृत्वको संवैधानिक इजलासको बहुमतबाट यस्तो आदेश दिएको हो ।
मल्ल नेतृत्वको इजलासमा न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुँयाल, विनोद शर्मा र शारङ्गा सुवेदी थिए । न्यायाधीशद्वय विनोद शर्मा र शारङ्गा सुवेदीको भने अल्पकालिन अन्तरिम आदेश दिने विषयमा फरक मत राख्नु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्