नेपाल स्कटल्याण्डसँग २ रनले पराजित

काठमाडौँ- आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको छ ।
जितका लागि डिएलएस मेडोथ अनुसार २२१ रनको लक्ष्य पछ्याएको नेपालले २१८ रन मात्र जोड्यो ।
यसअघि, किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४३ रनको योगफल बनाएको थियो ।
स्कटल्याण्डका लागि जर्ज मुन्से र फिन्ले म्याक्रेथले पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरे । बलिङमा सन्दीप लामिछानेले ४ विकेट लिँदा करण केसी र नन्दन यादवले समान २-२ विकेट लिए ।
वर्षाले प्रभावित खेलमा नेपालले ३९ ओभरमा २२१ रनको परिमार्जित लक्ष्य पाएको थियो ।
८ देश सहभागी लिग २ मा २४ खेलमा ३६ अंकसहित अमेरिका शीर्ष र २८ खेलमा ३४ अंकसहित स्कटल्यान्ड दोस्रो स्थानमा छन् । २४ खेलमा १८ अंक बनाएको नेपाल भने सातौँ स्थानमा छ ।
यसअघि नेपाल ‘ए’ ले हिजो सम्पन्न स्कटल्यान्ड र अमेरिका सम्मिलित एकदिवसीय अभ्यास शृङ्खला ‘क्लिन स्वीप’ गरेको थियो ।।






प्रतिक्रिया राख्नुहोस्