प्रधानमन्त्री बैठकमा आउनुपर्ने माग राख्दै प्रतिनिधि सभाको बैठकमा विपक्षीको विरोध

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले विरोध गरेका छन ।
सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन आज प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नहुने भएपछि विपक्षीहरुले संसदको बैठकमा अवरोध गरेका हुन ।
प्रतिपक्षी दलका सांसदहरुले उठेर प्रधानमन्त्रीले नै आएर जवाफ दिनुपर्ने अन्यथा प्रधानमन्त्री नआउनुको उचित कारण जानकारी दिनुपर्ने माग गरेका छन ।
प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले संसद बैठक केही बेर स्थगित गरेर छलफल गरेपछि मात्र पुन: सुचारु गर्न माग गर्नुभएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्