एकदिवसीय क्रिकेटमा सन्दीप लामिछानेको विश्व कीर्तिमान

काठमाडौँ- नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाउनुभएको छ ।

नेपाली टोलीका पूर्व कप्तानसमेत रहेका सन्दीपले सर्वाधिक छिटो एक सय ५० विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाउनुभएको हो ।

घरेलु मैदान कीर्तिपुरमा जारी आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डविरुद्ध तीन विकेट लिएसँगै सन्दीपले आफ्नो नाममा विश्व कीर्तिमान रच्नुभएको हो ।

सन्दीपले यसअघि अस्ट्रेलियाका मिचेल स्टार्सको नाममा रहेको कीर्तिमान तोड्नुभएको हो।

मिचेलले यसअघि सन २०१९ मा ७७ खेलमा एक सय विकेटको कीर्तिमान बनाएका थिए। सन्दीपले ७३ खेलमा एक सय ५० विकेट लिँदै स्टार्सको कीर्तिमान तोड्न सफल भएका हुन् । सन्दीपले यसअघि नै एक दिवसीयमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमान आफ्नो नाममा राखिसकेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.