फर्जी कागजात बनाएको आरोपमा तीन जना पक्राउ

सिराहा- सिरहा मालपोत कार्यालयसँग सम्बन्धित फर्जी कागजातको आधारमा जग्गा पास गराएको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा श्रीराम भु–सेवा केन्द्रका एक जना कर्मचारी, लिखनदासको काम गर्ने कविता यादव तथा एक जना स्टुडियो सञ्चालक रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले फर्जी प्रक्रिया अपनाई जग्गा पास गराएको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्