विपक्षीदलहरुको विरोधकाबीच प्रतिनिधिसभा नियमावली पारित

काठमाडौँ- विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाले प्रतिनिधिसभा नियमावली पारित गरेको छ ।
शुक्रबार बसेको सभाको दोस्रो बैठकमा सभामुख डिपी अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित भएको घोषणा गर्नु भएको हो ।
मस्यौदा समितिका संयोजक गणेश पराजुलीले प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिरहँदा प्रतिपक्षी सांसदहरुले रोष्ट्रममा पुगेर अवरोध गर्नुका साथै लगातार वेल घेराउ गर्नु भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्