जर्मनीको शानदार जीत, जापान र नेदरल्याण्डबीचको खेल बराबरीमा

काठमाडौँ- फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज राती भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुरासाओलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न समूह इ को खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुरासाओलाईगोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।

जर्मनीले पहिलो हाफमा तीन गोल गर्यो भने खेलको दोस्रो हाफमा चार गोल थप्यो । यस जितसँगै जर्मनीले शीर्ष तीन अङ्क जोडेको छ ।

यसैगरी आज विहान भएको खेलमा नेदरल्याण्ड्स र जापानले २-२ गोलको बराबरी खेल्दै एक-एक अङ्क बाँडेका छन् । अहिले विहान सम्पन्न पहिलो खेलमा आइभरी कोष्टले इक्वेडर माथि १-० गोल अन्तरले जित दर्ता गरेको छ ।

यसैगरी आज विहान नै सम्मन्न अर्को खेलमा स्कटल्याण्डले ट्युनेसियामाथि ५-१ गोल अन्तरको शानदार जित दर्ता गर्दै महतवपूर्ण तीन अङ्क जोड्न सफल भयो ।

विश्वकप फुटबलमा आज राति ९:१५ बजे नवप्रवेशी कावो भर्दैले स्पेनको सामना गर्दैछ भने मध्यरातमा हुने अर्को खेलमा बेल्जियम र इजिप्ट भिड्दैछन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.