श्रम संस्कृति पार्टीका सांसदहरु वेल घेराउ गर्दै विरोधमा

काठमाडौँ- प्रतिनिधि सभाको बैठक चलिरहँदा श्रम संस्कृति पार्टीले वेल घेराउ गरेको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल जारी रहँदा श्रम संस्कृतिका सांसदहरु वेल घेराउमा जानुभएको हो ।
उद्योग मन्त्रालय अन्तर्गत भएको छलफलमा प्रश्नोत्तर भइसकेपछि मन्त्रीको जवाफ चित्त नबुझेको भन्दै सो पार्टीका सांसद हर्कराज राईले उठेर पुन: प्रश्न गर्न समय माग गर्नुभएको थियो ।
तर सभामुखले मन्त्रीको स्पष्टिकरण पछि पुन: स्पष्टिकरणको व्यवस्था नियमावलीमा नभएको भन्दै समय दिन अस्वीकार गरेपछि श्रम संस्कृतिका ३ जना सांसदहरुले वेल घेराउ गरेका हुन ।
सभामुखले पटक पटक सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
आजको छलफलका मन्त्रीहरूले सम्बन्धित मन्त्रीहरुको जवाफ दिइरहनुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्