नेपाल–डेनमार्क सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं- नेपाल र डेनमार्कले स्वच्छ ऊर्जा, व्यापार तथा लगानी, पर्यटन, सूचना प्रविधि र डिजिटल नवप्रवर्तनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्दै द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौंमा बुधबार सम्पन्न नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठकमा दुवै पक्षले आर्थिक सहकार्य, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य (एसडीजी) र बहुपक्षीय मञ्चहरूमा सहकार्यका विषयमा छलफल गरेका थिए।
बैठकमा नेपालले लगानीमैत्री वातावरण निर्माणका लागि गरिएका आर्थिक सुधारबारे जानकारी गराएको थियो। दुवै देशले सन् २०२७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वर्षगाँठ संयुक्त रुपमा मनाउने तयारीसमेत गरेका छन्।






प्रतिक्रिया राख्नुहोस्