मुग्लिङ नजिकै पहिरो खस्यो, मुग्लिङ-नारायणगढ सडक अवरुद्ध

चितवन-  मुग्लिङ नजिकै ठूलो पहिरो खस्दा मुग्लिङ-नारायणगढ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

अचानक खसेको पहिरोले सडक नै ढाकेपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन्।

सडक खुलाउने प्रयासका लागि सम्बन्धित निकायले आवश्यक उपकरण परिचालन गर्ने तयारी भइरहेको जनाइएको छ।

वर्षासँगै यस सडकखण्डमा पहिरोको जोखिम बढ्दै गएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.