सुर्खेतको लेकवेशीमा जीप दुर्घटना, १२ जना घाइते

सुर्खेत- सुर्खेतको लेकवेशी नगरपालिकाको हलकन्डराको उकालोका जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
जीप आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते १२ जना मध्ये लेकवेशी नगरपालिका–६ की २२ वर्षीया सुष्मा कार्की, सोही ठाउँकी २६ वर्षीया तिल्सरा सिरिस, ७० वर्षीया अमृता कार्की र ७० वर्षीया खगिसरा विकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
घाइतेहरुको जिल्ला सदरमुकाम वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार आज दिउँसो लेकवेशी नगरपालिकाको डाँडागाउबाट दशरथपुर तर्फ आउदै गरेको भे. १ ख ५४० नम्वरको यात्रुबाहक मुस्ताङ जीप पालिकाको वडा नम्वर ५ र ६ को वीचमा पर्ने हलकन्डराको उकालोमा आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा चालकसहित १२ जना घाइते भएका हुन् ।
घाइते मध्य ४ जनाको अवस्था मध्यम र अन्य ४ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) कविन्द्रसिंह बोहराले बताउनु भयो ।
उहाँले दुर्घटना बारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ।।






प्रतिक्रिया राख्नुहोस्