रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन मध्ये दुई जनाको शव फेला

रौतहट- रौतहटको लाबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिका मध्ये दुई जनाको शव विहीवार विहान फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, आज विहान डुबेर बेपत्ता भएको स्थान भन्दा करिव ३ किलोमिटर दक्षिणतर्फ दुई जनाको शव फेला परेको हो ।
देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा हिजो दिउसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये १० बर्षीय रमलुल्लाह र सवनम खातुनको शव फेला परेको छ ।
गएरातिसम्म खोजी कार्य संचालन गरिएका थिए तर पुनः आज विहानैदेखि खोजी गर्दै जाँदा घटनास्थलबाट दक्षिणतर्फ परोहा नगरपालिका–२ जिंगडवा क्षेत्रमा लालबकैया नदीमा तैरिरहेको अवस्थामा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी बसन्त गौतमले बताए ।
फेला परेको दुबै बालबालिकाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा ल्याइरहेको तथा बेपत्ता अर्की बालिकाको खाजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्