अर्घाखाँचीको भोजुङ्गेका २१ घरधुरीका ७१ जना सुरक्षित स्थानमा सारिए

अर्घाखाँची – अविरल वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ भोजुङ्गेका २१ घरधुरीका ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँची, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सन्धिखर्क नगरपालिका, नेपाल पत्रकार महासंघ र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा उनीहरूलाई खाँचीकोटस्थित चन्द्रप्रभा नजिक रहेको बहुउद्देश्यीय भवनमा स्थानान्तरण गरिएको हो।

लगातारको वर्षाका कारण भोजुङ्गे क्षेत्रमा बस्ती जोखिममा पर्न सक्ने अवस्था देखिएपछि स्थानीयको सुरक्षालाई प्राथमिकतामा राख्दै उनीहरूलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको सम्बन्धित निकायले जनाएको छ।

स्थानान्तरण गरिएका परिवारका लागि आवश्यक सुरक्षा, बसोबास तथा अन्य आधारभूत व्यवस्थापनमा सम्बन्धित निकायले समन्वय गरिरहेका छन्। वर्षा निरन्तर भइरहेकाले जोखिमयुक्त क्षेत्रमा रहेका अन्य नागरिकलाई समेत सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.