श्रम मन्त्री यादव र युएईका राजदूतबीच भेटवार्ता

काठमाडौँ- युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत महामहिम अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबीच आज द्विपक्षीय शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा मन्त्री यादवले नेपाली श्रमिक संयुक्त अरब इमिरेट्स (युएई)जाँदा लिनुपर्ने प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धी दोहोरो प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्थालाई सरल बनाउँदै श्रमिकलाई सहज हुने व्यवस्था गर्न अनुरोध गर्नुभयो। यस विषयमा राजदूत शामसीले युएई सरकारसँग निरन्तर छलफल र समन्वय भइरहेको जानकारी गराउँदै आवश्यक पहल जारी रहने आश्वासन दिनुभयो।

त्यसैगरी, नेपाल र युएईबीच भएका द्विपक्षीय श्रमसम्बन्धी समझदारी तथा सहमतिहरूको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त कार्य समूह (Joint Working Group) को बैठक शीघ्र आयोजना गर्ने विषयमा समेत सहमति भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.