बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत प्राप्त

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नु भएको छ ।
प्रतिपक्षी दलहरूको अनुपस्थितिबीच आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापा मगरले सभामा पेश गर्नु भएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ मत परेको थियो। विपक्षमा शून्य मत परेको छ ।
बागमती प्रदेशसभामा हाल १०४ सदस्य कायम छन् । सरकार गठनका लागि ५३ सदस्यको समर्थन आवश्यक पर्छ ।
यसअघि नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच सत्ता सञ्चालनका लागि ६ बुँदे सहमति भएको छ। सहमतिको बागमती प्रदेश निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गरिएको छ।






प्रतिक्रिया राख्नुहोस्