विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

काठमाडौं-भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को अवस्थामा विपक्षी दलका नेताले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रतिनिधिसभाका विपक्षी दलका नेता भिष्मराज आङ्दाम्वेले संकटको समयमा पक्ष–विपक्षभन्दा माथि उठेर सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा बोल्दै आङ्दाम्वेले सरकारले विपद्पछि तत्कालै सक्रियता देखाएकोमा धन्यवाद दिँदै संकटको घडीमा सबै पक्ष एकजुट भएर उद्धार तथा राहतमा जुट्नुपर्ने बताए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा भोटेकोशी नदीमा आएको बाढीबाट हालसम्म भएको क्षतिबारे जानकारी गराइएको थियो ।

बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन र सक्रिय भएर परिचालन हुन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.