लुम्बिनी लायन्स सुदूरपश्चिमलाई हराउँदै एनपीएलको फाइनलमा

काठमाडौँ- लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को फाइनलमा पुगेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स फाइनलमा पुगेको हो ।
टस हारेर पहिले व्याटिङको निम्तो पाएको सुदूरले पूरै ओभर खेलरेर १०५ रनको सामान्य योगफल बनाएको थियो । १०६ रनको लक्ष्य पाएको लुम्बिनीले १६ दशमलव ४ ओभरमा ४ विकेटको क्षतिमा सो लक्ष्य भेट्याएको हो ।
लुम्बिनी एनपीएल दोश्रो संस्करणको विजेता टीम हो । सुदूरपश्चिम भने अघिल्ला दुबै संस्करणमा पहिलो रनर अफ बनेको थियो ।।






प्रतिक्रिया राख्नुहोस्